
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । अस्पतालले आइतबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो पुरानो ओपीडी भवनलाई पुनर्निर्माण गरी अझ स्तरीय, आधुनिक बनाएर सेवा सुरु गरेको बताएको हो । अस्पतालका सञ्चालन प्रमुख कपिल गौतमले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अभियानअन्तर्गत नयाँ ओपीडी कक्षको सुरुवात गरिएको बताए ।
अस्पतालले आफ्नो सेवालाई पूर्ण रुपमा डिजिटलाइज गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपीडी सेवाबाट गरेको उनले जानकारी दिए । उपचारका लागि लामो लाइन लाग्नुपर्ने र डाक्टरलाई लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई हेरेर ुक्यू म्यानेजमेन्ट सिस्टमु लागु गरिएको पनि उनले बताए । यस्तै बिरामीहरुले स्पष्टसँग देख्नेगरी डाक्टरको कक्षअगाडि सम्बन्धित डाक्टरको फोटोसहितको डिजिटल बोर्ड राख्ने व्यवस्था पनि मिलाइएको उनले बताए । नर्भिकले प्रत्येक कन्सलट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिन तीनवटा स्तरीय कोठासमेत तयार गरेको छ । ओपीडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपीडी इन्चार्जको कक्षसमेत सँगै राखेको छ । नर्भिकले आफ्ना सबै विभाग तथा सेवालाई डिजिटलाइज गर्दै आधुनिक र समयसापेक्ष सेवा दिने योजना बनाएकोसमेत सञ्चालन प्रमुख गौतमले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij