Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

करिब १२ वर्षपछि अमेरिकाले छोड्यो सिरिया

करिब १२ वर्षपछि अमेरिकाले छोड्यो सिरिया

  • काठमाडौँ । करिब १२ वर्षपछि अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाएको छ । अमेरिकी सेनाले त्यहाँ रहेका सबै सैन्य ठेगाना खाली गरेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    सन् २०२६ अप्रिलमा हसाका क्षेत्रको कसराक हवाई आधारबाट अन्तिम अमेरिकी सैन्य टोली बाहिरिएसँगै सिरियाली सरकारले सबै ठेगाना आफ्नो नियन्त्रणमा लिएको छ । सिरियाको परराष्ट्र मन्त्रालयले यसलाई देशलाई एकीकृत गर्ने र सम्पूर्ण भूभागमा सरकारी नियन्त्रण विस्तार गर्ने दिशामा ठूलो मोडका रूपमा लिएको जनाएको छ ।

    AGNI GROUP

    अमेरिकी केन्द्रीय कमान्डले करिब दुई हजार सैनिक जोर्डनतर्फ सरेको पुष्टि गरेको छ । अमेरिकाले हसाका, रुमैलान र देइर एज–जोर क्षेत्रमा रहेका कम्तीमा सात ठूला ठेगाना खाली गरेको थियो । अन्तिम ठेगाना कसराक हवाई आधार पनि अब सिरियाली सेनाको नियन्त्रणमा आएको छ ।

    यसैबीच सिरिया सरकार र एसडिएफबीच भएको सहमतिपछि कुर्द लडाकुहरूलाई राष्ट्रिय सेनामा समेट्ने प्रक्रिया अघि बढाइएको छ । सीमावर्ती क्षेत्रहरूमा पनि राजधानी दमास्कसको नियन्त्रण बढ्दै गएको जनाइएको छ ।

    हालै सिरियाले अन्तर्राष्ट्रिय इस्लामिक स्टेटविरुद्धको गठबन्धनमा सहभागी हुँदै आफ्नो भूमिका परिवर्तन गरेको छ । यससँगै अमेरिकाको सिरियामा सैन्य उपस्थितिको आधार कमजोर बन्दै गएको र उसले आफ्नो क्षेत्रीय रणनीति पुनस् तय गर्न थालेको बताइएको छ ।

    अमेरिका र सिरियाबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहे पनि सन् २०२४ डिसेम्बरमा बशर अल–असदको सत्ता पतनपछि सम्बन्धमा सुधार आएको हो । सन् २०२५ मे महिनामा साउदी अरेबियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सिरियाली नेतृत्वबीच पहिलो भेट भएपछि अमेरिकाले सिरियामाथि लगाइएका धेरैजसो प्रतिबन्ध हटाउने घोषणा गरेको थियो । दुई देशबीच कूटनीतिक सम्बन्धको सुरुआत सन् १८३५ मा भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij