Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल बैंकका ग्राहकले एभरेष्ट अस्पतालमा छुट पाउने

नेपाल बैंकका ग्राहकले एभरेष्ट अस्पतालमा छुट पाउने

  • काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौं नयाँ वानेश्वरमा रहेको एभरेष्ट अस्पताल प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

    AGNI GROUP

    सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र एभरेष्ट हस्पिटल प्रालिको तर्फबाट सञ्चलाक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरे ।

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारहरु तथा बैंकमा खाता रहेका ग्राहकहरूले एभरेष्ट हस्पिटल प्रा. लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट