Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विज्ञप्ती जारी गरी कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न सूचना जारी गरेको हो ।

    AGNI GROUP

    विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति–सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    प्रशानसनले सरकारका सम्बद्ध निकायहरु निर्वाचनतर्फ परिचालित भएको स्थितिमा फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको क्षेत्रमा केही प्रदर्शन, भेलाजम्मा र र्‍यालीजस्ता गतिविधि गर्ने भनेर केही समूह तथा राजनीतिक दलबाट विज्ञप्ती र सामाजिक सञ्जालमा सूचना जारी भएको पाइएको पनि बताएको छ ।

    त्यसबारे काठमाडौं प्रशासनमा कसैबाट पनि जानकारी गराउने वा पूर्वस्वीकृति लिने काम भने नभएको विज्ञप्तीमा उल्लेख छ । निषेधित र संवेदनशील क्षेत्रमा कानून विपरीतका कार्यहरूमा संलग्न हुने जो सुकैलाई कारबाही गरिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट