Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ग्यास आपूर्ति सहज गर्न आयल निगमलाई निर्देशन

ग्यास आपूर्ति सहज गर्न आयल निगमलाई निर्देशन

  • काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति गर्न आयल निगमलाई निर्देशन दिएको छ । सोमबार दिउँसो विभागमा भएको छलफलमा महानिर्देशक रोशन ज्ञवालीले बजारमा तत्कालै उपभोक्ताले महसुस गर्ने गरी ग्यास आपूर्ति सहज गर्न सबै संयन्त्र प्रयोग गर्न निर्देशन दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आपूर्ति शाखा निर्देशक नरहरि तिवारीको कार्यकक्षमा आयल निगमको एलपिजी तथा एभिएसन विभागमा कार्यरत प्रबन्धक दुर्गा पछाईसहित छलफल भएको थियो ।

    AGNI GROUP

    सो छलफलमा निगमको प्रबन्धक पछाईले भारतले कोटाअनुसार नै ग्यास दिइरहेको, तर उद्योगीले मागअनुसार पिडिओ उठाउन नसकिरहेको जानकारी गराएकी थिइन् ।

    बर्सेनि जाडो मौसममा भारतको बरौनी रिफाइनरी सफाइ हुने हुँदा त्यहाँबाट तुलनात्मक रूपमा थोरै पिडिओ जारी हुने गर्छ । त्यसैकारण अहिले पनि बजारमा ग्यास आपूर्तिमा केही असजहता देखिएको निगमको भनाइ छ । तर, बरौनी रिफाइनरीमा मर्मत सकिएर अहिले मागअनुसार नै पिडिओ जारी भइरहेको चाँडै समस्या समाधान हुने पछाईले छलफलमा जानकारी गराएकी थिइन् ।

    केही ग्यास उद्योगीले कोटाअनुसार ग्यास आयात गर्न नसक्दा पनि बजारमा समस्या भएको विषय छलफलमा उठेको थियो । त्यसपछि महानिर्देशक ज्ञवालीले तोकिएको कोटाअनुसार ग्यास नल्याएर बजारमा नियमित आपूर्ति गर्न नसक्ने उद्योगीलाई निगरानीमा राख्न निर्देशन दिए । उनले कोटाअनुसार ग्यास ल्याउन नसक्नेलाई कारबाही गर्नुपरे त्यसका लागि पनि तयार हुनुपर्ने छलफलमा बताएका थिए । त्यस्तै, निर्देशक तिवारीले ग्यास आयात, वितरण र डिलरकहाँ रहेको मौज्दात विवरणको निगमले आफ्नो संयन्त्रमार्फत निगरानी बढाउनुपर्ने बताएका थिए ।

    करिब १५ दिनयता बजारमा ग्यास आपूर्ति असहज भइरहेको छ । जसकारण, उपभोक्ताले खोजेको समयमा डिलरबाट ग्यास पाउन सकिरहेका छैनन् ।

    ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष चन्द्र थापाले उद्योगबाटै मागअनुसार ग्यास नपाएकाले उपभोक्तालाई सहजै वितरण गर्न नसकिएको बताए । ‘आयल निगम र उद्योगी मिलेर अहिलेको असहजतालाई समाधान गर्नुपर्छ,’ उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट