Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरान तत्काल छोड्न नेपाली नागरिकलाई सरकारको आग्रह

इरान तत्काल छोड्न नेपाली नागरिकलाई सरकारको आग्रह

  • काठमाडौँ । नेपाल सरकारले इरान भ्रमण नगर्न ट्राभल एडभाइजरी जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार परराष्ट्र मन्त्रालय इरानमा भइरहेको विकासक्रमलाई ध्यानमा राख्दै, नेपाली नागरिकहरूलाई अवस्था सामान्य नभएसम्म इरानको यात्रा गर्ने योजना स्थगित गर्न सल्लाह दिएको छ ।

    AGNI GROUP

    मन्त्रलायले हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध कुनै पनि माध्यमबाट सकेसम्म चाँडो देश छोड्न सल्लाह दिएको छ ।

    इरानमा रहेका नेपाली नागरिकहरूलाई पनि देशबाट आपतकालीन निकासको लागि राहदानी र परिचयपत्र लगायतका आफ्नो यात्रा कागजातहरू तयार राख्न मन्त्रालयले अनुरोध गरेको छ ।

    इरानमा लगातार भइरहेको सरकार विरोधी प्रदर्शन र अमेरिकाले इरानमाथि आक्रमण गर्ने तयारी गरेको अवस्थामा मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकलाई सतर्क गराएको हो ।

    साथै मन्त्रालयले समन्वयको लागि परराष्ट्र मन्त्रालय, काठमाडौँ (टेलिफोन: +९७७–०१४२००१८२–८५, +९७७–९८६२६७८४३७, इमेल:  [email protected]) र नेपाल दूतावास, दोहा (टेलिफोन: +९७४–६६२१ ४४१९, इमेल:  [email protected])  मा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट