Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णाली सपना अब आफूहरूका सपना भएको बताएका छन् ।
सुदूरपश्चिमको भ्रमण सकाएर कर्णाली प्रदेश भ्रमणमा निस्किएका उनले कालीकोटको मान्म पुगेर सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै लेखेका छन्, “कर्नालीका सुइना, अब हाम्मा सुइना ।”
शुक्रबार (माघ १६) बिहान बालेन रास्वपा अछाम–२ का उमेदवार भूपदेव शाहको गाउँमा पुगेका थिए । त्यहाँ पार्टीका नेता–कार्यकर्तासित भेटघाटपछि उनी कर्णाली प्रदेशतर्फ लागेका हुन् ।
उनी कर्णालीपछि दैलेख हुँदै सुर्खेतसम्मको भ्रमण गर्ने कार्यक्रम तय छ । उनी यसअघि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, दार्चुला, बझाङ, डोटी, बाजुरासम्म पुगेका थिए । बालेन प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उमेदवार छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij