Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

  • काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताको अन्तर्राष्ट्रिय फोरम एमडिआरटि २०२६ का लागि छनोट भएका अभिकर्तालाई सम्मान गर्ने उद्देश्यसहित विशेष कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम उल्लास, उत्साह र उत्सवमय वातावरणमा भव्य रूपमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले उत्कृष्ट कार्य र निरन्तर मेहनतले नै सम्मानको मार्ग प्रशस्त गर्ने उल्लेख गनुभयो । अभिकर्ताले गरेको परिश्रम र समर्पणबाट प्राप्त सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स सधैं साथ–सहयोग र उच्च सम्मान व्यक्त गर्ने उनको भनाइ थियो । एमडिआरटि जस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैंमा गौरवको विषय भएको उल्लेख गर्दै उनले सम्पूर्ण छनोट अभिकर्तालाई हार्दिक बधाई तथा आगामी वर्षका लागि निरन्तर सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    AGNI GROUP

    प्रमुख कार्यकारी अधिकृत प्रसाईले सफलताको यस माहोललाई कम्पनीले उत्सवको रूपमा लिएको बताउँदै योग्यताको पहिचान व्यक्ति स्वयंको कार्यशैली र निरन्तरताले गर्ने उल्लेख गर्नुभयो। हालको समय निरन्तर मेहनतबाट प्राप्त उपलब्धिलाई सेलिब्रेसन गर्ने समय भएको र प्राप्त मान–सम्मानले आगामी दिनका लागि थप ऊर्जा प्रदान गर्ने उनको विश्वास थियो ।

    कार्यक्रममा नायव महाप्रबन्धक तथा नेशनल सेल्स हेड सोन बहादुर मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए। उनले एमडिआरटिमा छनोट हुनु अभिकर्ता पेसाले दिएको उच्च मान–सम्मानको प्रतीक भएको बताउँदै, अभिकर्ताहरूको निरन्तर लगनशीलताबाट प्राप्त सफलतालाई कम्पनीले गर्वका साथ सम्मान गरेको स्पष्ट पार्नुभयो ।

    कार्यक्रमका क्रममा अन्तर्राष्ट्रिय ट्रेनर अमित शर्माले व्यवसायिक बिक्री कला तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरेका थिए । साथै, चर्चित कलाकार सन्दिप क्षत्रीको प्रेरणादायी तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट