Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा तथा नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले ठूलो उपलब्धि हासिल गरेको छ।
अल–इलेक्ट्रिक महिन्द्रा एक्सइभी ९ई ले भारतको प्रतिष्ठित इन्डिया कार अफ द इयर (आइकोटी) २०२६ अन्तर्गत ग्रिन कार अवार्ड २०२६ जितेको छ।
ग्रिन कार अवार्ड वातावरणमैत्री प्रविधि, ऊर्जा दक्षता र शून्य उत्सर्जनमा उत्कृष्ट प्रदर्शन गर्ने सवारीलाई प्रदान गरिन्छ। यो सम्मानले एक्सइभी ९ई को इलेक्ट्रिक मोबिलिटीप्रति रहेको प्रतिबद्धता र महिन्द्राको ‘बोर्न इलेक्ट्रिक’ इन्ग्लुप्लेटफर्म को सफलतालाई मान्यता दिएको छ।
आइकोटीका निर्णायक मण्डलमा भारतका अग्रणी अटोमोबाइल पत्रकारहरू रहेका थिए, जसले प्रविधि, नवप्रवर्तन, मूल्य र वातावरणीय जिम्मेवारीका आधारमा मूल्याङ्कन गरेका थिए। ब्रान्डसँग प्रतिस्पर्धा गर्दैएक्सइभी ९ई ले ग्रिन कार श्रेणीमा उच्च स्कोर हासिल गर्न सफल भयो।एक्सइभी ९ईमा विशेष प्लेटफर्म, उच्च क्षमताको ब्याट्री, ऊर्जा बचत गर्ने ड्राइभट्रेन, र रिजनरेटिभ ब्रेकिङ प्रणाली प्रयोग गरिएको छ।
साथै, केबिनमा पुन:प्रयोग गरिएका सामग्री प्रयोग गरेर दिगो लक्जरीलाई प्राथमिकता दिइएको छ। अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले यो अवार्डले नेपाली बजारमा एक्सइभी ९ई को विश्वसनीयता अझ बढाएको बताए।
उनका अनुसार यसले ग्राहकलाई विश्वस्तरीय, अवार्ड–प्राप्त इलेक्ट्रिक क्ग्ख् रोज्ने आत्मविश्वास दिन्छ।यस सम्मानसँगै महिन्द्राएक्सइभी ९ईले नेपालमा प्रिमियम, दिगो र अत्याधुनिक इलेक्ट्रिक सवारीको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij