Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँ महानगरमा २०६९ व्यवसायीले लिए खाद्य स्वच्छता तालिम

काठमाडौँ महानगरमा २०६९ व्यवसायीले लिए खाद्य स्वच्छता तालिम

  • काठमाडौँ । काठमाडौँ महानगरले अहिलेसम्म २०६९ जना व्यावसायीलाई खाद्य सेवाको स्वच्छता र सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको छ । ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता स् प्रवर्धन शिविर -फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रम अन्तर्गत अहिलेसम्म आठौँ सृङ्खला सकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्वच्छ खाना स् उत्कृष्ट व्यापार (सेफर फुड:  वेटर विजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ । तालिमको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइएको थियो ।

    AGNI GROUP

    दोस्रो संस्करणमा २०८१ को दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइयो । दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो । यसमा १६२ जना सहभागी भएका थिए । चौथो संस्करणमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायीका लागि तालिम आयोजना गरिएको थियो । तालिममा ३६६ जना व्यवसायी सहभागी भएका थिए ।

    पाँचौँ संस्करणमा मौलिक तथा रैथाने खानाका उत्पादक र विक्रेतालाई सहभागी गराइएको थियो । यसमा ५०५ जना सहभागी हुनुभयो । छैटौँमा मिठाइजन्य खाद्य सेवाका १०५ जना, सातौमा दूध तथा दूग्ध पदार्थ उत्पादक ६० जनालाई तालिम प्रदान गरियो । आठौँ संस्करणमा मः मः पसल सञ्चालक तथा व्यावसायीलाई तालिम प्रदान गरिएको थियो । यसमा २५० जना व्यावसायी सहभागी भएका थिए ।

    पछिल्लो पटक दरबार हाइस्कूलमा आयोजना भएको आठौँ संस्करणको क्षमता विकास कार्यक्रमको अवलोकनका क्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, सहरको खाद्य सेवालाई महसुस योग्य बनाउन एक साथ काम गर्न व्यवसायीलाई आग्रह गरेकी थिइन् ।

    महानगरपालिकाका खाद्य स्वच्छता सल्लाहकार जीवनप्रभा लामाका अनुसार तालिममा खाद्य सेवामा अन्न उत्पादन, ढुवानी, भण्डारण, प्रशोधन, खाद्य बस्तुको उत्पादन, पकाइएको खानेकुराको भण्डारण, भण्डारणको अवधि र विधि, व्यवसायका सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, खानेकुरा सुरक्षाका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइ जस्ता विषयमा सैद्धान्तिक ज्ञान र व्यावहारिक प्रयोग सम्बन्धी सिप प्रदान गरिन्छ ।

    सरसफाइको स्थान र स्तरीकरण, व्यावसायिक संरचनाको न्युनतम सुविधा तथा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, सही व्यवस्थापन नहुँदा खानेकुराबाट उत्पन्न हुन सक्ने जोखिम, हाइजिन रेटिङ् र प्रमाणीकरण जस्ता विषय कक्षामा समावेश गर्ने गरिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । प्रचलित कानुनी व्यवस्था ९मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना० जस्ता विषयमा ज्ञान अद्यावधिक गर्ने विषय तालिमको पाठ्यक्रमा समावेश छ । सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खानेकुराको सुरक्षा, खाना पकाउने ठाउँ, खाना बनाउने कच्चा पदार्थ, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा अन्तरक्रियात्मक प्रस्तुतिकरण गर्ने गरिएको छ ।

    खाद्य सेवाको गुणस्तर प्रमाणीकरण गर्न सेवाको मूल्याङ्कन गर्ने प्रणाली विकास गर्ने महानगरपालिकाको योजना छ । यसले खाद्य स्वच्छताको पारदर्शिता र सुरक्षाको प्रत्याभूत गराउँछ । व्यवसायीलाई स्वच्छता मापदण्डहरूको बारेमा जानकारी दिएर जवाफदेही बनाउँछ ।

    उपभोक्ताहरूलाई खाना कहाँ किन्नेरु खरिद गरिएको खाना कुन स्तरको छरु भन्ने निर्णय गर्ने आधार उपलब्ध गराउँछ । यसो हुनु स्वच्छ व्यापारिक प्रतिस्पर्धाका दृष्टिले उपयुक्त हुन्छ । यस्तै दोस्रो अथवा तेस्रो स्तरमा भएका व्यावसायीले पहिलो हुन सुधारका अवसर प्रदान गर्छ । उपभोक्ताहरुलाई ह्यान्डलिङ्, भण्डारण, तयारी, सरसफाई, खाद्य सुरक्षाजस्ता खाद्य सेवा र व्यवस्थापनका बारेमा जानकारी राख्न मद्दत पुर्याउँछ । खानाको गुणस्तर, ग्राहक सेवा, खाना व्यवसायको स्तरप्रति उत्तरदायी बनाउँछ ।

    व्यावसायिक खाद्य सेवामा यो प्रणाली कार्यान्वयनमा आएसँगै व्यक्तिको खाद्य आचरणमा पनि सुधार आउने महानगरपालिकाको अपेक्षा छ । यसले व्यक्तिव्यक्ति हुँदै परिवार परिवारमा खाद्य सजगता वृद्धि हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट