Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा। लि। मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ ।
पुस २३ गते अस्पताल र बैंकबीच यस्तो सम्झौता भएको हो । सो सम्झौता बमोजिम कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमाखाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सो सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा। लि।को तर्फबाट प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरे ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरू ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा। लि बाटप्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij