
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल सञ्चालनमा नरहेका विभिन्न ११ एयरलाइन्स कम्पनीहरुलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम नबुझाउने ११ कम्पनीहरुलाई पटक पटक सूचना जारी गर्दा नबुझाएको भन्दै सूचना प्रकाशन गरिएको ३० दिनभित्र बुझाउन अल्टिमेटम दिएको छ ।
बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेज रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै तोकिएको समयभित्र बक्यौता रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने समेत जनाएको छ ।
प्राधिकरणले जारी गरेको सूचना हेर्नुहोस् :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij