Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

अनुगमनका क्रममा कर्मचारीमाथि गालीगलौज

अनुगमनका क्रममा कर्मचारीमाथि गालीगलौज

  • काठमाडौं । तनहुँको व्यास नगरपालिकामा अनुगमनका क्रममा जनप्रतिनिधि र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा ३ भारतीय नागरिक पक्राउ परेका छन् ।

    images
    images
    images

    व्यास नगरपालिका–३, तरकारी लाइनमा प्लाष्टिक झोलाको अनुगमनका क्रममा पिन्टु (काले) किराना पसलका सञ्चालकले जनप्रतिनिधि र कर्मचारीमाथि बुधबार गालीगलौज गरेका हुन् ।

    images

    जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार गालीगलौज गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जवाहित शाह, मायादेवी शाह र राजु शाह छन् । तिनै जना भारतीय नागरिक रहेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनीहरु लामो समयदेखि उक्त ठाउँमा पसल गर्दै आएका थिए ।

    प्रहरीका अनुसार उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय तनहुँबाट अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij