
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । प्रेस सङ्गठन नेपालले काठमाडौँ, ललितपुर र भक्तपुरमा आफ्नो सङ्गठन पुनःगठन गरेको छ । काठमाडौँ उपत्यका प्रदेश कमिटीको बैठकले तीनै जिल्लाको सङ्गठन पुनःगठन गरेको हो ।
पुनःगठित सङ्गठनको काठमाडौँका संयोजकमा पुकार तिमिल्सना र सहसंयोजक ज्योति जिसी तथा नूरराज कँडेल, ललितपुर संयोजकमा बालमुकुन्द आचार्य र सहसंयोजक अशोक दुलाल तथा भक्तपुर संयोजकमा हेमराज ढकाल र सहसंयोजक अञ्जना शिल्पकार रहनुभएको छ । सङ्गठनको यही माघ ८ गतेको भेलाले गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी दिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij