Logo

Jul 25 2025 | २०८२, साउन ९ गते

Jul 25 2025 | २०८२, साउन ९ गते

हुम्लामा हावाहुरीका कारण हवाई सेवा ठप्प, विद्युत पनि अवरुद्ध

हुम्लामा हावाहुरीका कारण हवाई सेवा ठप्प, विद्युत पनि अवरुद्ध

  • हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एक मात्र यातायात साधन हवाई सेवा ठप्प भएको छ । हिजो शनिवार रातिदेखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण हवाई उडान गर्न नसकेका हुन् ।

    images
    images
    images

    जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि नियमित चलेको हावाहुरीका कारण बिहानैदेखि उडान हुन नसक्दा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका सिमकोट विमानस्थलले जानकारी दिएको छ । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान रोकिएका छन् ।

    images

    यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोका सामान पनि ढुवानी हुनसकेको छैन ।

    विद्युत् सेवा पनि अवरुद्ध

    तीव्र चलेको हावाहुरीले आज आइतवार बिहानदेखि हिल्दुम वितरण केन्द्रले अप्रिय घटना नहोस् भनेर विद्युत् सेवा बन्द गरेको छ । शनिवार रातिदेखि चलेको हुरीले सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउाँपालिकासहित खार्पुनाथ गाउँपालिकाका सेवाग्राही प्रभावित भएका छन् । विद्युत सेवा बन्द हुँदा सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय तथा सिमकोटमा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसायीलाई समेत समस्या बनाएको छ ।

    images

    तीव्र चलेको हावाहुरीका कारण विद्युतका तार जुधेर आगजनी हुनाका साथै कतै अप्रिय घटना नघटोस् भनेर यो सेवा बन्द गरिएको हिल्दुम वितरण केन्द्रका कर्मचारी विर्ष दमाईंले जानकारी दिए । हावा बिस्तारै कम हुँदै गएमा विद्युत् सेवा पुनः सञ्चालन गरिने उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij