Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलनमा दमकलको उत्कृष्ट सेवा विश्वचर्चित : मेयर महर्जन

जेनजी आन्दोलनमा दमकलको उत्कृष्ट सेवा विश्वचर्चित : मेयर महर्जन

  • ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भाद्र २४ गतेको जेनजी आन्दोलनमा भएको आगलागीमा महानगरको दमकल सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार महानगर प्रहरीबलबाट भए गरेको कार्यहरुको ‘महानगरप्रहरी नामक’ श्रव्य–दृश्य सामाग्री प्रदर्शन कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको दौरानमा काठमाडौंको हिल्टन होटल, सर्वोच्च अदालत भवन, संघीय संसद भवन, सिंहरदबारलगायत ठाउँमा ७९ पटक ललितपुरमा महानगरपालिकाले दमकल सेवा प्रदान गरेको बताउँदै उक्त सेवाको चौतर्फी चर्चा भइरहेको बताएका हुन् ।

    AGNI GROUP

    उनले भने,‘ जेनजी आन्दोलनको दौरानमा ललितपुरमा महानगरको दमकलको सेवा काठमाडौंको हिलटन, सर्वोच्च, प्रतिनिधिसभा, सिंहरदबार लगायत ठाउँमा ७९ पटक दमकल सेवा प्रदान गर्यौं । दमकलमा दुई वटामा फोम छ । त्यसले देखिनेगरी नै आगो निभाउँछ । जेनजी आन्दोलनको आगालागीमा ललितपुरले राम्रो काम गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै यसको निकै चर्चा परिचर्चा भइरहेको छ ।’

    त्यस्तै उनले नगरवासीहरुलाई कसरी संरक्षण गर्ने,कसरी उनीहरुको दिनचर्या राम्रो पार्ने र कसरी टेवा पुर्याउने भन्ने विषय नै महानगरको प्रमुख काम भएको बताए ।

    जस्तोसुकै विकसित देशको नगरप्रहरीको निमित्त पनि चुनौती देखिने भन्दै उनले चुनौतीलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको धारणा राखे ।

    मेयर महर्जनले अझ राम्रो दुईवटा दमकल खरिद् गर्ने महानगरले निर्णय गरिसकेको जानकारी दिए ।

    a96abe44-74be-41ff-8c98-6fde05d8fa7c.jpg
    undefined
    238c4f19-24e9-4408-a663-e8252fec565f.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट