Logo

Jul 24 2025 | २०८२, साउन ८ गते

Jul 24 2025 | २०८२, साउन ८ गते

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक पक्राउ

  • ललितपुर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-६ ईमाडोल बस्ने ५५ वर्षीय मणि कुमार थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    थापाले घर जग्गाको काम गर्ने सिलसिलामा विभिन्न ब्यक्तिहरुसँग रकम लिई सो बापत विभिन्न बैंकको चेक काटिदिने र सो पश्चात बैंकमा पैसा जम्मा नगरी सम्पर्क बिहिन हुने गरेको भन्ने सूचना आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले थापालाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा थापा महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी बृत सातदोबाटोमा बैंकिङ् कसुर मुद्दामा समेत फरार रहेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

    images

    उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij