
Jul 25 2025 | २०८२, साउन ९ गते
काठमाडौँ । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ। गाउँपालिकाको पाँच नम्बर वडाको क्युडीमा जिप दुर्घटना भएको हो।
वडा अध्यक्ष प्रदीप बुढथापाका अनुसार दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।
अहिलेसम्म जानकारी प्राप्त अनुसार बाजुरा हिमालीको क्युडीमा दुर्घटना ग्रस्त जिपमा २६ जना सवार थिए। उनीहरूमध्ये १५ जना घाइते भएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij