Logo

Jul 25 2025 | २०८२, साउन ९ गते

Jul 25 2025 | २०८२, साउन ९ गते

नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’

नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।

    images
    images
    images

    बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताए ।

    images

    उनले आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको बताउँदै गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको बताए ।

    उनले लेखेका छन्,‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ।२ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij