
Jul 24 2025 | २०८२, साउन ८ गते
काठमाडौ । नेपाल टेलिकमले आज १७ औं वार्षिकोत्सव मनाइरहेको छ । नेपाल टेलिकममा सरकारको ९१.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । नेपाल टेलिकमले हाल फाइबर टु दी होम (एफटिटिएच), जीएसएम मोबाइल सेवा, सीडिएमए मोबाइल सेवा, ल्याण्डलाइन, वाईम्याक्स लगायतका सेवाहरु प्रदान गर्दैं आएको छ ।
यसरी शुरु भयो नेपाल टेलिकम
नेपालमा पहिलोपटक टेलिकम्युनिकेशन सेवा वि.सं. १९७३ मा सुरु गरिएको थियो । तर औपचारिक रूपमा टेलिकम सेवा भने वि।सं २००५ मा मोहन एकाश्वानीको स्थापना पछि प्रदान गरिएको थियो । नेपाल टेलिकमले हाल देशका ७७ वटै जिल्लामा फोरजी सेवा उपलब्ध गराइरहेको छ । साथै टेलिकमले एनटी टिभी ब्राण्डमा आईपीटिभी समेत सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवाको समेत थालनी गरेको छ । नेपाल टेलिकम सरकारलाई धेरै कर तिर्ने कम्पनीमा समेत पर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij