Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता

  • काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता किने निर्णय गर्दै सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिएका छन् ।

    AGNI GROUP

    नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।

    मुख्यमन्त्री सतिश सिंहको पार्टी जनमतले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र मुख्यमन्त्री सिंहलाई सरकारबाट फिर्ता हुन भनेपनि उनले राजीनामा दिन मानिरहेका छैनन् । उनले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जाल मार्फत राजीनामाको घोषणा गरेपनि प्रदेश प्रमुखलाई राजीनामा भने बुझाएका थिएनन् ।

    १०७ सदस्यीय मधेश प्रदेशमा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।

    congress1758704197.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij