Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

महामन्त्रीद्वयप्रति डा. प्रकाशशरण महतको आक्रोश

महामन्त्रीद्वयप्रति डा. प्रकाशशरण महतको आक्रोश

  • काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका छन् । डा. महतले पत्रकार सम्मेलन गरेर महामन्त्रीद्वय थापा र शर्माप्रति आक्रोश व्यक्त गरेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    उनले अहिले पार्टीमा सबै जना एक हुनुपर्ने बेलामा घाउ लागेको बेला नुन छर्न खोजिएको आरोप लगाएका थिए । उनले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा नेतृत्व परिवर्तनको बहस गर्न खोज्नु ठीक बेठिक भएको बताए । उनले भने- ' अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो। तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ ।'

    AGNI GROUP

    डा. महतले नयाँ परिस्थितिबारे पार्टीमा अवश्य पनि गम्भीर छलफल गर्ने बताउदै कसरी घटना घट्यो भन्ने बारे मूल्यांकन गर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij