Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौँ । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र मुख्यमन्त्री सतिश कुमार सिंहले
जेनजी आन्दोलनका क्रममा प्रदेशका सरकारी कार्यालयको आगजनी र तोडफोडको अनुगमन गरेको मुख्यमन्त्री सिंहले जानकारी दिएका हुन् । सो क्रममा उनीहरुले क्षतिग्रस्त प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा भवन, विभिन्न मन्त्रालय र अन्य सरकारी कार्यालयहरूको प्रत्यक्ष अवलोकन तथा निरीक्षण गरेका थिए ।
मुख्यमन्त्री सिंहले अहिलेको अवस्था अनुसार सेवा सुचारु गर्न निर्देशन दिएको बताउदै लगभग ९९ प्रतिशत सवारी साधन जलाइएको बताउदै विस्तृत रिपोर्ट आउनेक्रममा रहेको बताए ।
अनुगमनका क्रममा प्रदेश प्रमुख भण्डारी र मुख्यमन्त्री सिंहसहित सभामुख रामचन्द्र मण्डल, मन्त्रीहरु र प्रदेश सांसदहरुको पनि उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij