Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच कुराकानी

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच कुराकानी

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    परराष्ट्र मन्त्रालयका अनुसार कुराकानीमा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएकी थिइन् । कुराकानीका क्रममा प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी गरेकी थिइन् ।

    AGNI GROUP

    त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीसँग न्यानो कुराकानी भएको जानकारी दिएका छन् । कुराकानीमा मोदीले हालै भएको दु:खद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनस्र्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई दोहोराएको बताएका छन् ।

    साथै उनले भोलिको राष्ट्रिय दिवसको अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त गरेको उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij