Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । अन्तररास्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल आएको बङ्गलादेशी फुटबल टोली आज स्वदेश फर्किएको छ ।बङलादेशबाट विशेष बिमान बोलाएर बंगलादेशी टोलि ढाकाका लागि उडेको अखिल नेपाल फुटबल सङघ (एन्फा)का प्रवक्ता सुरेश साहले जानकारी दिए ।
मङ्गलबारै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण रोकिएको थियो । यही भदौ २४ गते तय भएको नेपाल र बङ्लादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द हुनपुगेको थियो ।
त्यसअघि शनिबार भएको नेपाल र बङ्गलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij