Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

जेन जी आन्दोलन

जंगी अड्डामा राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र पूर्व प्रधानन्यायाधीश सुशीलाबीच वार्ता सुरु

जंगी अड्डामा राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र पूर्व प्रधानन्यायाधीश सुशीलाबीच वार्ता सुरु

  • काठमाडौं । जेन–जी समूहहरूको साझा समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नेबारे सेनाको मुख्यालय जंगी अड्डामा वार्ता सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अन्तरिम सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबीच छलफल सुरू भएको हो ।

    AGNI GROUP

    यो वार्ताले अन्तरिम सरकार कस्तो बन्ने निर्धारण गर्ने अपेक्षा गरिएको छ । आन्दोलनरत जेन जी समूहहरूले सुरुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अन्तरिम सरकारको नेतृत्वको लागि रोजेका थिए । तर बालेन यो जिम्मेवारी लिन तयार नभएपछि उनीहरूले सुशीला कार्कीलाई रोजेका हुन् ।

    कार्कीको नाममा मेयर शाहले पनि समर्थन गरेका छन् । अहिलेको वार्तापछि सरकारमा जाने अन्य नामहरूको विषयमा समेत छलफल हुनेछ । छलफलमा जेनजी प्रतिनिधिहरूसँगै मेयर बालेन शाह पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij