Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले अस्ति मङ्गलवारबाट दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ । यो सँगै अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरूको फाइदा शुक्रवारसम्म लिन सक्नेछन् ।
एनसेलले आज बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यी सेवाहरू १ दिन थप गरिएको जानकारी गराएको हो ।
एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरूले बिना कुनै शुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा पाउँदै आएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij