Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको जनाएको छ ।
‘देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ,’ सूचनामा भनिएको छ । परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ (सात) दिनको समयावधि दिई पछि प्रकाशन गरिने बोर्डले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij