Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

कारागारबाट निस्कन मानेनन् दीपक मनाङे, भने- म यहाँ भाग्न आएको होइन

कारागारबाट निस्कन मानेनन् दीपक मनाङे, भने- म यहाँ भाग्न आएको होइन

  • काठमाडौं । बुधबार बिहान काठमाडौंको डिल्लीबजार कारागारबाट केही कैदीबन्दी भाग्ने प्रयास गरे । जेलमा आगो लागेको बहाना गरेर कुम्लोकटुरो बोकी निस्केका उनीहरू कारागार परिसरको गेट तोड्ने कोसिसमा थिए । तर, गेटबाहिर नेपाली सेना पुगिसकेकाले भाग्न भने पाएनन् । 

    प्रहरीलाई कारागारभित्रैबाट ढुंगा हानिरहेका कैदीहरू सेनाले पोजिसन लिएपछि रोकिए । यद्यपि, गेट तोडेर बाहिर निस्केकाहरूलाई पछि सेनाले नियन्त्रणमा लियो । यही कारागारमा रहेका गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भने भाग्ने प्रयास गरेको समूहमा कतै देखिएनन् । 

    images
    images
    images

    खासमा उनलाई जहाँ राखिएको थियो, त्यहीँ बसिरहेका थिए । केही कैदीले उनलाई देशको माहोल फेरिएको, कारागारमा आगो लागेकाले बाहिर निस्कने मौकाको फाइदा उठाउन भनेका थिए । तर, उनी 'जान्नँ, तिमेरु जाओ' भनेर निस्कन नमानेको सेनाको नियन्त्रणमा परेका एक कैदीले बताए । 

    images

    उनका अनुसार, मनाङले आफू भाग्न नभएर सजाय काट्न आएको प्रतिक्रिया दिएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij