
Sep 10 2025 | २०८२, भदौ २५ गते
काठमाडौँ । काठमाडौँको रानीपोखरीस्थित प्रहरी कार्यालयमा आगजनी गरिएको छ ।
मंगलबार राति महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा समेत आन्दोलनकारीले आगजनी गरेका हुन् । आगजनीमा कार्यलय परिसरमा रहेको गाडी जलेको छ ।जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड हुनेक्रम रातिसम्म पनि जारी रहेको छ ।
यसअघि आन्दोलनकारीले राष्ट्रपति निवास रहेको शित्तल निवास, सिंहदरबार र संसद भवनमा, सर्वोच्च अदालतलगायतका सार्बजनिक स्थानमा पनि आगलागी गरेका थिए ।अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ ।
नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन् । मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij