Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । राजधानीस्थित निजामती अस्पतालमा उपचाररत तीन जना जेनजी प्रदर्शनकारीको मृत्यु भएको छ । मंगलबार दिनभर राजधानीका विभिन्न स्थानमा भएको प्रदर्शनमा घाइते भएका १९० जनालाई अस्पताल ल्याइएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
त्यस्तै, दुई जना गम्भीर घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ । अस्पतालमा हाल पनि दर्जनौँ घाइतेको उपचार जारी रहेको बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij