
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । वीरगन्ज भन्सार क्षेत्रमा भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि अज्ञात व्यक्तिहरूद्वारा गोली प्रहार भएको छ । प्रारम्भिक जानकारी अनुसार घटना नेपाल–भारत सीमा नजिकको वीरगन्ज भन्सार क्षेत्रमै भएको हो ।
घटनापछि उनलाई तत्काल वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको बताइएको छ ।
पर्सा प्रहरीले गोली प्रहार गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान अघि बढाएको जनाएको छ । नेपाली सुरक्षाकर्मी र अनुसन्धान टोली घटनास्थलमा खटिएको छ भने सीमा क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij