
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । प्रधानमन्त्री अध्यक्षताको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ । बेलुकी ६ बजे मन्त्रिपरिषद्को बैठक बस्नुअघि सुरक्षा परिषद्को बैठक बस्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । यद्यपि, उक्त बैठकको तालिका आइतबार नै तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जेन जी आन्दोलनका क्रममा राजधानी काठमाडौंसहित देशका प्रमुख सहरी क्षेत्रमा भएका विभिन्न घटना र त्यसले उत्पन्न गरेको सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको बैठकका सहभागी एक मन्त्रीले बताए ।
उक्त बैठकमा रक्षामन्त्री मानवीर राई, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा र प्रधानसेनापति प्रभुराम शर्मा सहभागी छन् । बैठक शुरु भएको करिब एक घण्टा भयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij