Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

जेनजी आन्दोलन

'मृत्युप्रति स्तब्ध छु, उनीहरुका माग तत्काल सम्बोधन गरियोस्' - प्रचण्ड

'मृत्युप्रति स्तब्ध छु, उनीहरुका माग तत्काल सम्बोधन गरियोस्' - प्रचण्ड

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजीको आन्दोलनमा सहभागी युवाको मृत्यु भएको प्रति दुख व्यक्त गर्दै स्थित थप बिग्रिन नदिन सरकारलाई जिम्मेवारीपुर्वक ठोस कदम चाल्न आग्रह गरेका छन् ।

    images
    images
    images

    प्रचण्डले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् । उनले भनेका छन्-आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको छ ।

    images

    प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु । जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस् ।

    स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij