
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । भ्रष्टाचार, प्रशासनिक बेथिति र दर्ता नभएका सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेन–जीद्वारा सञ्चालन गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
घाइतेको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार, मृत्यु भएकाको परिचय खुल्न बाँकी छ भने करिब १०० जना जतिको सिभिल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
घटनाको क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन् । प्रदर्शनकारीहरूले प्रहरी सुरक्षा घेर तोड्ने प्रयास गर्दा गोली प्रहार भएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij