
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले काठमाडौंमा प्रदर्शन गरेको छ । देशमा बढ्दै भएको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरुद्धमा जेन–जी पुस्ताले प्रदर्शन गरेको हो ।
काठमाडौंको माइतीघर मण्डलामा भेला भई उनीहरूले यति बेला प्रदर्शन गरिरहेका छन् । भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको उनीहरुको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij