Logo

Sep 07 2025 | २०८२, भदौ २२ गते

Sep 07 2025 | २०८२, भदौ २२ गते

जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन

जेनजी पुस्ताको आन्दोलनप्रति पल शाहको समर्थन

जेनजी पुस्ताको आन्दोलनप्रति पल शाहको समर्थन

  • काठमाडौँ । अभिनेता पल शाहले सोमबार हुने जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन जनाएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता शाहले देश दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले समृद्धि मात्र हैन, आम जनताको भरोसा र आशा समेत समाप्त पारिरहेको उल्लेख गर्दै जेनजीद्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन हुनुपर्ने र कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षा गरेको उल्लेख गरेका छन् ।

    images

    अभिनेता शाहले अहिले अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयहरूले स्थिति झन गम्भीर बनाएको उल्लेख गर्दै आफुले सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहेको बताएका छन् । उनले भनेका छन्-नेपालमा दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले देशको समृद्धि मात्र हैन, आम जनताको भरोसा र आशा समेत समाप्त पार्दैछ ।

    गरिब, दुःखी र असहायहरू झनझन पीडित भइरहेका छन् उनीहरूको आवाज सुनिनु त परै जाओस्, दबाउने काम भइरहेको छ । यस्तो अवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयहरूले स्थिति झन गम्भीर बनाएको छ ।

    हामी हाम्रो देश राम्रो बनोस्, सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहन्छौं । तसर्थ भोलि ८ सेप्टेम्बरमा जेनजीद्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन होस् । जति पनि सहभागी हुनुहुनेछ, सबै जना सुरक्षीत तरिकाले आन्दोलन गर्नुहोला ।

    images

    कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षासहित।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij