Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

शिखर धवनसँग ईडीको सातघण्टा भन्दा लामो बयान

शिखर धवनसँग ईडीको सातघण्टा भन्दा लामो बयान

  • काठमाडौँ । भारतीय पूर्व क्रिकेटर शिखर धवनसँग प्रवर्तन निर्देशनालय (ईडी) ले सात घण्टा भन्दा बढी समय बयान लिएको छ ।

    images
    images
    images

    धवनसँग बिहीबार दिल्लीमा ईडी कार्यालयले कथित अवैध बेटिंग एपसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा बयान लिएको मिडिया रिपोर्टमा उल्लेख छ । धवन सात घण्टाभन्दा बढी समयपछि ईडी कार्यालयबाट निस्केका थिए ।

    images

    यो मुद्दा अनलाइन प्लेटफर्मसँग सम्बन्धित रहेको बताइएको छ ।ईडीका अधिकारीहरूले धावनको सम्भावित प्रचारात्मक वा साझेदारी सम्बन्धहरूको अनुसन्धान सुरु गरिरहेका छन् र यसैक्रममा धवनसँग बयान लिएको बताइएको छ ।

    धवन इडी कार्यालयमा हाजिर भएर अनुसन्धानकर्ताहरूसँग आफ्नो बयान रेकर्ड गरेका छन् ।३९ वर्षीय पूर्व भारतीय क्रिकेटरको नाम केही विज्ञापनहरू मार्फत अनलाइन बेटिंग एपसँग जोडिएको पाइएको छ ।

    अहिले इडीले धवनले यो बेटिंग एपको प्रचारमा आफ्नो छवि प्रयोग गरेको र बदलामा कुनै भुक्तानी लिएका छन् की छैनन् भन्ने अनुसन्धान गरिरहेको बताइएको छ । यस अघि पुर्व क्रिकेटर सुरेश रैनालाई पनि सोधपुछ गरिएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट