Logo

Sep 05 2025 | २०८२, भदौ २० गते

Sep 05 2025 | २०८२, भदौ २० गते

भारतीय क्रिकेटर अमित मिश्राको क्रिकेटबाट सन्यास

भारतीय क्रिकेटर अमित मिश्राको क्रिकेटबाट सन्यास

  • काठमाडौँ । भारतीय क्रिकेटर अमित मिश्राले क्रिकेटबाट सन्यास लिएका छन् ।

    images
    images
    images

    ४२ बर्षिय अमित मिश्राले आफ्नो खेल क्यारियरको २५ बर्षपछि क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

    images

    उनले सन्यासको घोषणा गर्दै भनेका छन्- 'आज, २५ वर्षपछि, म क्रिकेटबाट सन्यासको घोषणा गर्दछु । यो खेल मेरो पहिलो प्रेम, मेरो शिक्षक र खुशीको सबैभन्दा ठूलो स्रोत भएको छ । यो यात्रा अनगिन्ती भावनाहरूले भरिएको छ ।'अमित मिश्राले भारतका लागि २२ टेस्ट खेल खेलेका छन् ।

    यसमा उनले ७६ विकेट लिएका छन् । उनले ३६ एकदिवसीय खेलमा ६४ विकेट लिएका छन्, जबकि उनले १० टी-२० खेलमा १६ विकेट लिएका छन् ।

    त्यस्तै उनले १६२ आईपीएल खेल खेलेका छन्, जसमा उनले १७४ विकेट लिएका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij