
Sep 03 2025 | २०८२, भदौ १८ गते
काठमाडौँ । नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भोला नाथ थापालाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएको नेपाली सेनाले जानएको छ ।
प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
सो कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij