
Sep 03 2025 | २०८२, भदौ १८ गते
काठमाडौं । काठमाडौंको पुतलीसडकमा एक माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको छ । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले पैदल हिँडिरहेका बालिकालाई ठक्कर दिएको थियो ।
घटनास्थलमा उनलाई तत्कालै अस्पताल पुर्याइयो, तर चिकित्सकले बालिकालाई मृत घोषित गरे । घटनापछि पुतलीसडक क्षेत्रमा लामो समयसम्म ट्राफिक जाम देखिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij