
Sep 03 2025 | २०८२, भदौ १८ गते
काठमाडौं । वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा ५९ वर्षको उमेर उनको निधन भएको हो । गोले करिब दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।
सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा जन्मेकी उनले तामाङ सेलो, लोकदोहोरी र आधुनिक गरी झण्डै ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् ।
उनी कान्छी छोरीसँग हात्तीवनमा बस्दै आएकी थिइन् । श्रीमानको केही वर्षअघि निधन भइसकेको छ भने उनका दुई छोरी छन् ।
उनको अन्त्येष्टि बौद्ध संस्कारअनुसार गर्ने तयारी भएको परिवारले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij