
Sep 01 2025 | २०८२, भदौ १६ गते
काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित थकाली “मेलुङ थकाली” सँग साझेदारी गरेको छ । यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १०% छुट पाउनेछन् ।
मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन् । यस नेपालकै चर्चित थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिनेछ ।
अफर विवरण:
छुट लिनका लागि:
१. माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस् ।
२. आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्नुहोस् ।
३. होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्नुहोस् ।
४. मेलुङ थकालीमा यो कार्ड देखाएर छुट प्राप्त गर्नुहोस् ।
“यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,” डिशहोमका सीईओ तारा मानन्धरले बताए । “
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो । कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij