Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

पूर्वमन्त्रीपोखरेलको ‘कम्युनिष्टपार्टी निर्माण’आज सार्वजनिक गरिँदै

पूर्वमन्त्रीपोखरेलको ‘कम्युनिष्टपार्टी निर्माण’आज सार्वजनिक गरिँदै

  • काठमाडौं । नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक आज लोकार्पण गरिने भएको छ ।

    images
    images
    images

    नेकपा एमाले जिल्ला कमिटी काठमाडौंले आज सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा विशेष कार्यक्रम आयोजना गरी उक्त पुस्तक लोकार्पण गर्न लागेको हो । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको व्यवस्थापनमा आयोजना हुने कार्य क्रम आज बिहान ११ बजेदेखि सुरू हुने बताइएको छ ।

    images

    कार्यक्रममा प्रमुखअतिथिका रूपमा पार्टी महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने र उनैले सो पुस्तक लोकार्पण गर्ने नेकपा एमाले जिल्ला कमिटीका ठमाडौंका अध्यक्ष दीपक निरौलाले जानकारी दिए । उनका अनुसार पुस्तकको टिप्पणी गर्न पार्टीका उपमहासचिव एवम् स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली सहभागी हुने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij