Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

एस आईबीएस बास्केटबल आजदेखि

एस आईबीएस बास्केटबल आजदेखि

  • काठमाडौं । एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) को आयोजनामा एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ टिमको सहभागिता रहने आयोजकका बीबीए प्रोग्राम म्यानेजर कौशलराज पौडेलले जनाएका छन् । ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

    AGNI GROUP

    ब्वाइजतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्र्समा पहिलो हुनेलाई १५ हजार तथा दोश्रोलाई ८ हजार नगदबाट पुरस्कृत गरिने छ ।

    पौडेलले प्रतियोगिताको उद्देश्य युवामाझ बास्केटबललाई प्रवद्र्धन गर्नु र खेलाडीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्नु रहेको बताए ।

    नेपाल बास्केटबल संघको सहकार्यमा हुने दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij