Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित

सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित

  • काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को आठौँ अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । शनिबार सम्पन्न आठौँ अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन हुँदा झाले अध्यक्ष पदमा धनेन्द्र केसीलाई पराजित गरेका हुन् ।

    images
    images
    images

    झाले १ हजार ३१५ मत प्राप्त गर्दा केसीले १ हजार २ मतमा सीमित भएका थिए ।

    images

    उपाध्यक्षमा मदन पुरी १ हजार २८० मतसहित विजयी भए भने महासचिवमा झा पक्षका प्रत्यासी सुदर्शन शर्मा १ हजार १७४ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी भूपेन्द्र श्रेष्ठले ९०२ र कुलराज खनालले २३५ मत पाए ।

    त्यसैगरी उपमहासचिवमा खगेन्द्र अवस्थी विजयी भए भने कोषाध्यक्षमा रस्मिता बञ्जारा चयन भएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij