Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौँ । श्रीलंकाले अर्को महिना हुने एसिया कपका लागि १६ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
एसिया कप सेप्टेम्बर ९ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा हुँदैछ । श्रीलंकाले यस बहुराष्ट्रिय प्रतियोगिताको लागि लेग स्पिनर वानिन्दु हसरंगालाई मौका दिएको छ ।
रोचक कुरा के छ भने, एसिया कपको ठीक अगाडि हुने जिम्बाब्वे भ्रमणका लागि हसरंगा श्रीलंकाली टोलीको हिस्सा रहेका छैनन् ।
हसरंगा बाहेक श्रीलंकाले दुई युवा ब्याट्सम्यान कामिल मिश्रा र नुवानिदु फर्नान्डोलाई पनि एसिया कप टोलीमा समावेश गरेको छ । एसिया कपमा श्रीलंकालाई अफगानिस्तान, बंगलादेश र हङकङसँगै समूह बी मा राखिएको छ ।
सुपर फोरअघि श्रीलंकाले सेप्टेम्बर १३ मा बंगलादेश, १५ सेप्टेम्बरमा हङकङ र १८ सेप्टेम्बरमा अफगानिस्तानको सामना गर्नेछ ।श्रीलंकाको टोली:चारिथ असालान्का (कप्तान), पाथुम निसान्का, कुसल मेन्डिस (विकेटकिपर), कुसल परेरा (विकेटकिपर), नुवानिडु फर्नान्डो, कमिन्दु मेन्डिस, कामिल मिश्रा, दासुन शानाका, वानिन्दु हसरंगा, दुनिथ वेलालागे, चमिका करुणामा, चमिका करुणामा, नुवानिडु फर्नान्डो। बिनुरा फर्नान्डो, नुवान तुषारा र मथीशा पाथिराना ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij