Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

आसामविरुद्ध नेपाल ए को फराकिलो जित

आसामविरुद्ध नेपाल ए को फराकिलो जित

  • काठमाडौँ । नेपाल ए क्रिकेट टिमले भारतको आसाम राज्यको टिमलाई दोस्रो खेलमा फराकिलो जित हासिल गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सम्पन्न खेलमा नेपाल ए ले आसाम टिमलाई ९६ रनले पराजित गरेको हो । नेपाल ए ले दिएको १७४ रनको लक्ष्य पछाएको आछाम टिमले १५.२ ओभरमा अल आउट हुदै ७७ रन बनाएको थियो ।

    AGNI GROUP

    आसामको ब्याटिंग लाइन ध्वस्त पार्न नेपाल ए का बलर युवराज खत्रीले ४ विकेट लिए भने अहमद बसिरले ३ विकेट लिएका थिए ।

    यसअघि नेपाल ए ले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ३५ रन बनाएका थिए भने देव खनालले ३१, अहमद बसिरले २७, बिबेक यादवले ८ बलमा २५ रन बनाएका थिए ।

    यो जितपछि नेपालले ५ खेलको सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ । यस अघि बर्षाले प्रभावित पहिलो खेल आसामले जितेको थियो । अब तेस्रो खेल भोली खेल्ने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij