Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

यातायात व्यवसायी महासङ्घ काठमाडौँ जिल्ला समितिमा नयाँ कार्यसमिति चयन

यातायात व्यवसायी महासङ्घ काठमाडौँ जिल्ला समितिमा नयाँ कार्यसमिति चयन

  • काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ काठमाडौँ जिल्ला समितिको महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले सर्वसम्मत निर्णयमार्फत नयाँ नेतृत्व चयन गरेको छ ।

    images
    images
    images

    निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा हरिश चन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् । साथै सदस्यहरूमा नबिना खड्का, रामकुमार केसी, टीका कार्की, जय दाहाल, रुपेश श्रेष्ठ, कृष्ण प्रसाद घिमिरे, चित्र भट्ट, खिलबहादुर श्रेष्ठ, दुर्गा सारु मगर र उद्धव खड्का निर्वाचित भएका छन् । लगभग २०० यातायात संघसंस्था रहेको केन्द्रीय राजधानी रहेको काठमाडौँ जिल्लामा करिब ५०० प्रतिनिधि रहेका थिए भने अत्यधिक प्रतिनिधि माओवादी केन्द्र निकटका थिए । 

    images

    जिल्ला समिति अध्यक्षलगायत अधिकांश सदस्यहरू  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट छन् । यातायात क्षेत्रमा लामो समयदेखि सक्रिय माओवादी पक्षधर व्यवसायीहरूको प्रभाव महाधिवेशनमा प्रस्ट रूपमा झल्किएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij