Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग पराजित

पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग पराजित

  • काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले बिहीबार भएको पहिलो अभ्यास टी-२० खेलमा साउथ अस्ट्रेलिया (एसए)सँग पराजित भएको छ ।

    images
    images
    images

    नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा पूरा गरेको हो । टी ब्राउनले अन्तिम बलमा चौका प्रहार गरेपछि साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको हो ।

    images

    ओपनर निक विन्टरले ३६ रन बनाए भने अर्का ओपनर तथा कप्तान म्याकेन्जी हार्भेले २७ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिए । रोहित पौडेलले १ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा  ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २७ रन तथा ओपनर आसिफ शेखले २२ रन बनाए ।

    साउथ अस्ट्रेलियाका क्याम्पबेल थोमसन र ह्‍यारी मानेन्तीले २-२ विकेट लिए भने जेस माकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले १-१ विकेट लिए ।

    images

    टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले मंगलबार भएको दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको छ । टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

    नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij